Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

इजरायल–लेबनान तनावमा नेपाली शान्ति सैनिकहरूको सुरक्षात्मक अवस्था के छ ?

नेपाली सेनाको तयारी र सुरक्षा उपाय

  •   २ वर्ष अघि | ३० असोज २०८१, बुधबार

इरायल ।

इजरायलले दक्षिणी लेबनानमा कारबाही तीव्र बनाएपछि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ८५० नेपाली शान्ति सैनिकहरूलाई बंकरमा सारिएको छ। इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले दक्षिण लेबनानबाट यूएन शान्ति सैनिकहरूलाई हटाउन चेतावनी दिएपछि, युएनले 'सेक्युरिटी लेभल ३' लागू गर्दै सोमबारदेखि नेपाली शान्ति सैनिकहरूलाई बंकरमा स्थानान्तरण गरेको हो।

हाल ८७७ जना नेपाली सैनिकहरू लेबनानमा कार्यरत छन्, जसमा २७ जना हेडक्वार्टरमा विभिन्न पदहरूमा खटिएका छन्। नेपाली सेनाका उच्च अधिकारीका अनुसार, सुरक्षा प्रोटोकल अनुसार 'लेभल ३' लागू हुँदा कुनै पनि फौज बाहिर निस्कन पाउँदैन र अपरेशनल गतिविधि स्थगित हुन्छ।

इजरायली डिफेन्स फोर्सले (आईडीएफ) हिजबुल्लाहविरुद्ध कारबाही थालेको छ, जसका कारण तनाव थप बढ्दै गएको छ। इजरायल र लेबनानबीच बढ्दो द्वन्द्वका कारण बंकरमा रहेका नेपाली शान्ति सैनिकहरूको अवस्थालाई लिएर लगातार जानकारी आदानप्रदान भइरहेको छ।

नेपाली सेनाको तयारी र सुरक्षा उपाय

नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बंकरमा स्थानान्तरण भए पनि यो अवस्था लामो समय नचल्ने बताएका छन्। नेपाली शान्ति सैनिकहरूलाई सुरक्षित राख्न आवश्यक व्यवस्था गरिएको छ, र सुरक्षाको स्थितिअनुसार प्रोटोकल परिवर्तन हुनेछ।

इजरायल–लेबनानको सीमामा द्वन्द्व चर्किएपछि, नेपाली शान्ति सैनिकको सुरक्षालाई प्राथमिकतामा राख्दै निरन्तर सम्पर्क र संवादभइरहेको छ।


  • RSS

थप