Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

जाजरकोटमा १४ वर्षीया किशोरीको भीरबाट लडेर मृत्यु, तीन दिनदेखि बेपत्ता युवकको खोजी जारी

  •   २ वर्ष अघि | ३१ साउन २०८१, बिहिबार

काठमाडौँ । जाजरकोटको छेडागाड नगरपालिका–१ जाल्माकी १४ वर्षीया मनिषा विकको भीरबाट लडेर मृत्यु भएको छ। बुधबार घर नजिकैको जङ्गलमा घाँस काट्न गएकी विक भीरबाट लडेर गम्भीर घाइते भएकी थिइन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाए अनुसार, घाइते विकको उपचारको क्रममा आज मृत्यु भएको हो।


यसैबीच, जुनीचाँदे गाउँपालिका–११ स्थित खानाखोला तर्दै गर्दा तीन दिन अघि चिप्लिएर खोलामा बेपत्ता भएका २१ वर्षिय तेजबहादुर रोकायको खोजी कार्य जारी छ। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख पुरुषोत्तम पाण्डेले रोकायलाई हालसम्म फेला पार्न नसकिएको जानकारी दिए।

  • Jigyasa media

थप