Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

जर्जियाको रिसोर्टमा ११ भारतीय नागरिकको रहस्यमय मृत्यु

  •   २ वर्ष अघि | २ पुस २०८१, मङ्लबार

जर्जिया— जर्जियाको गुदौरी स्की रिसोर्टमा ११ भारतीय नागरिक मृत फेला परेका छन्। घटनाबारे थप जानकारी सार्वजनिक गर्दै तिब्लिसीस्थित भारतीय दूतावासले मृत्युको कारण पत्ता लगाउन अनुसन्धान जारी रहेको जनाएको छ।

स्थानीय प्रहरीका अनुसार रिसोर्टको दोस्रो तलामा ११ भारतीयसहित एक जर्जियाली नागरिकको शव फेला परेको छ। प्रारम्भिक अनुसन्धानका आधारमा कार्बन मोनोअक्साइड ग्यासका कारण उनीहरुको मृत्यु भएको आशंका गरिएको छ।

समाचार संस्था एएफपीका अनुसार उनीहरु सुतेकै ठाउँमा मृत भेटिएका थिए र शवमा कुनै बाहिरी चोटपटकको संकेत देखिएको छैन।

अधिकारीहरुले बताएअनुसार शुक्रबार विद्युत आपूर्ति अवरुद्ध भएपछि तेलबाट सञ्चालन हुने जेनेरेटर प्रयोग गरिएको थियो, जसबाट विषाक्त ग्यास निस्किएको हुनसक्ने अनुमान गरिएको छ।

घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ भने थप विवरण आउन बाँकी रहेको अधिकारीहरुले जनाएका छन्।


  • Jigyasa media

थप