Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

काभ्रेमा ग्यास लिक भएर आगलागी: श्रीमतीको ज्यान गयो, श्रीमानको उपचार जारी

  •   १० महिना अघि | २३ असार २०८२, सोमवार

काभ्रे । 

काभ्रेपलाञ्चोक बनेपा नगरपालिकाको को भोलाखाटोलमा  ग्यास लिक भएर भएको आगलागीमा एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।

ग्यास लिक भएर जलेर घाइते भएकी ५१ वर्षीया चञ्चली शाहीको सोमबार बिहान २:४५ बजे कीर्तिपुर बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पुष्टि गरेको छ।

असार १७ गते बिहान, घरको भान्सामा खाना पकाउने क्रममा ग्यास लिक भएर अचानक आगलागी भएको थियो। आगोको झोकामा चञ्चली शाहीको शरीरमा तत्कालै आगो सल्किएको र उनलाई बचाउने प्रयासमा उनका श्रीमान् हेमराज शाही पनि गम्भीररूपमा घाइते भएका थिए।

घटनापछि दुवै जनालाई पहिलो चरणमा बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार गरिएको थियो। त्यहाँबाट थप उपचारका लागि दुवैलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा रेफर गरिएको थियो।

तर, गम्भीर रूपमा जलेकी चञ्चली शाहीलाई चिकित्सकले बचाउन सकेनन्। उनका श्रीमान् हेमराज शाहीको भने कीर्तिपुर बर्न अस्पतालमै उपचार भइरहेको छ।

यस घटनाले ग्यास सुरक्षाको विषयमा पुनः गम्भीर ध्यानाकर्षण गराएको छ। घरेलु ग्यास प्रयोग गर्दा आवश्यक सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।

📌 सुरक्षाका लागि सुझाव:

– ग्यासको गन्ध आएमा तुरुन्तै सिलिन्डर बन्द गर्नुहोस्।

– विद्युत् उपकरण नचलाउनुहोस्।

– झ्याल ढोका खुला राख्नुहोस् र आगोको स्रोतबाट टाढा रहनुहोस्।

– नियमित रूपमा ग्यास पाइप र रेगुलेटरको अवस्था जाँच गर्नुहोस्।


  • Jigyasanepal

थप