Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

जेष्ठ नागरिकको रकम लुट्ने गिरोह पक्राउ

  •   २ वर्ष अघि | २१ असोज २०८१, सोमवार

सिमरा । बैंकबाट रकम निकालेर घर जाँदै गरेका जेष्ठ नागरिकलाई लुटेर फरार भएका चारजनालाई बारा प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका सबै भारतीय नागरिक रहेका छन्।

असोज १ गते कलैया उपमहानगरपालिका-१ स्थित प्रभु बैंकबाट ५० हजार रुपैयाँ झिकेर घर फर्किँदै गरेका बलिरामपुरका एक वृद्धलाई चक्कु देखाएर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा भारत, बिहारको पश्चिम चम्पारणका ४३ वर्षीय सुरेश प्रसाद बानियाँ, ४५ वर्षीय शर्मा मुखिया, ३५ वर्षीय शैलेश तिवारी, र मोजफरपुरका ३४ वर्षीय रवि दास रहेका छन्।

प्रहरीले पीडित परिवारले दिएको जाहेरीका आधारमा खोजी थालेको थियो। चारैजना पुनः अर्को लुटपाटको योजना बनाइरहेको अवस्थामा कलैया क्षेत्रबाट पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए।

प्रहरीले उनीहरूका साथबाट भारतीय नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। पक्राउ परेकाहरूको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप