Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

वन मुद्दामा वडाध्यक्ष सहित ६ जना पक्राउ

  •   २ वर्ष अघि | २७ कार्तिक २०८१, मङ्लबार

दाङ, कात्तिक २७, २०८१

दाङको राजपुर गाउँपालिका–७ का वडाध्यक्ष पुस्कर वलीसहित ६ जनालाई वन मुद्दामा अनुसन्धानका लागि डिभिजन वन कार्यालय दाङ (देउखुरी)ले पक्राउ गरेको छ। दुई वर्षअघिदेखि वडाध्यक्षको मिलेमतोमा कानुनी प्रक्रिया बिना सामुदायिक वनका रुखहरू काटिएको उजुरी आएपछि उनीहरूमाथि अनुसन्धान सुरु गरिएको हो।

डिभिजन वन कार्यालयले अनुसन्धानका क्रममा राप्ती किनार सामुदायिक वनमा ७४ वटा विभिन्न प्रजातिका रुखहरू अवैध रूपमा काटिएको पुष्टि गरेको छ। उक्त रुखहरूमा साल, ढौंटी, खयर लगायतका प्रजातिहरू रहेका थिए, जसको काठको परिमाण लगभग ३०० क्युफिट रहेको वन अधिकृत छोटेलाल चौधरीले बताए। यो कार्य स्थानीय विद्युत विस्तार क्रममा भएको र रुखहरू मिलेमतोमा काटिएको आरोप छ।

अनुसन्धानका क्रममा वडाध्यक्ष वलीसहित घनबहादुर वली, उनका छोरा तिलक वली, पदमबहादुर खड्का, भुपलाल बोटे, र बालाराम कुमाल संलग्न रहेको पाइएको छ। बयानका लागि जिल्ला अदालतमा उपस्थित गराउँदा केही प्रतिवादीहरूले आलटाल गरेकाले वडाध्यक्ष वलीसहित अन्यलाई पक्राउ गरिएको हो।

डिभिजन वन कार्यालयले वडाध्यक्ष वलीलाई अब जिल्ला अदालतमा पेस गरी कानुनी कारबाही अघि बढाउने तयारी गरिरहेको छ।


  • Jigyasa media

थप