Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

भैंसी चराउन गएकी महिलालाई चट्याङले समाउँदै ज्यान गयो

  •   १ वर्ष अघि | ५ असार २०८२, बिहिबार

कपिलवस्तु, असार ५ । कपिलवस्तुको विजयनगर गाउँपालिका–५ नौरंगियामा चट्याङ लागेर एक महिलाको दुर्भाग्यपूर्ण मृत्यु भएको छ। मृत्यु हुनेमा करिब ४० वर्षीया जन्ममति यादव रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले पुष्टि गरेको छ। बुधबार साँझ भैंसी चराउन खेततर्फ गएकी यादवलाई चट्याङले समाएको र घटनास्थलमै ज्यान गएको प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए।

मृतकको शव पोष्टमार्टमका लागि शिवराज अस्पताल, बहादुरगन्ज पठाइएको छ। मौसमविद्हरूले असार महिनामा देशभर चट्याङसहितको वर्षाको सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन आग्रह गर्दै आएका छन्।

  • Jigyasanepal

थप