Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आजको मौसम अपडेट: कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक वर्षा र हिमपातको सम्भावना

  •   २ वर्ष अघि | ५ फाल्गुन २०८१, सोमवार

काठमाण्डौ ।

हाल नेपालमा पश्चिमी वायु र न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानमा मौसम खुला रहनेछ।

तराईका केही भू-भागमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना छ, जसले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्छ।

दिउँसोको मौसम पूर्वानुमान

  • पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने।
  • बाँकी स्थानमा आंशिक बदली वा खुला मौसम रहने।
  • कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना।
  • गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पनि केही स्थानमा हल्का हिमपात हुन सक्ने।

विभागले तराई क्षेत्रमा बिहानको हुस्सु-कुहिरो तथा हिमाली भेगको चिसोबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ।

  • Jigyasa media

थप