Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आज केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

  •   २ वर्ष अघि | १२ फाल्गुन २०८१, सोमवार

काठमाडौं । देशका केही भागमा आज मेघगर्जनसहित वर्षा हुनसक्ने मौसमविद्हरूले बताएका छन्। विशेषगरी पूर्वी नेपालमा वर्षाको सम्भावना बढी रहेको छ।

मौसम पूर्वानुमान अनुसार कोसी, वाग्मती र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा पनि वर्षा हुनसक्ने सम्भावना रहेको छ।

काठमाडौं उपत्यकामा अपराह्नपछिको समय केही बादल लाग्ने भए पनि वर्षाको सम्भावना न्यून रहेको छ।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ। कोसी प्रदेशलगायतका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा छ।

त्यसैगरी, कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने अनुमान गरिएको छ। हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ।


  • Jigyasa media

थप