Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

कोशी, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

  •   २ वर्ष अघि | १३ चैत्र २०८१, बुधबार

काठमाडौं । नेपालका केही क्षेत्रमा आज पनि मौसम बदली भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावका कारण मौसममा परिवर्तन देखिएको हो।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा आंशिक बदली रहँदा अन्य स्थानमा मौसम मुख्यतः सफा रहनेछ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै, ती प्रदेशका हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।


  • Jigyasa media

थप