Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

काठमाडौं विश्वविद्यालयमा विद्यार्थी आन्दोलित, क्रान्तिकारी संगठनको चेतावनी

  •   २ वर्ष अघि | २२ चैत्र २०८१, शुक्रबार

काठमाडौं । विद्यार्थीका मागहरू बेवास्ता गरेको आरोप लगाउँदै अखिल (क्रान्तिकारी) काठमाडौं विश्वविद्यालय राष्ट्रिय समितिले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ। संगठनका अनुसार २०८१ चैत १२ गते मागपत्र बुझाएपछि पनि विश्वविद्यालय प्रशासन र विद्यार्थी कल्याण निर्देशनालयले कुनै पहल नगरेको भन्दै बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको हो।

छात्रवृत्ति र प्रत्यक्ष चुनावको माग

अखिल (क्रान्तिकारी) ले विद्यार्थी कल्याण परिषद्को चुनाव प्रत्यक्ष प्रणालीमार्फत हुनुपर्ने, फार्मेसी २२ र २३ ब्याचका विद्यार्थीहरूले पाउनुपर्ने छात्रवृत्ति तत्काल उपलब्ध गराउनुपर्ने, विश्वविद्यालयको ऐन र नियमविपरीत नियुक्त भएका सबै पद खारेज गर्नुपर्ने लगायतका माग अघि सारेको छ। संगठनले विश्वविद्यालय प्रशासनले विगतमा पनि विद्यार्थीहरूसँग सहमति मात्र गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति दोहोर्याएको आरोप लगाएको छ।

पुराना सहमति कार्यान्वयन भएनन्

विद्यार्थीहरूले प्रशासनसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको गुनासो गरेका छन्। प्राथमिक स्वास्थ्य केन्द्र स्थापनादेखि भर्ना अघि छात्रवृत्तिको सुनिश्चिता, नयाँ विद्यार्थीको आवास व्यवस्थापन, आवश्यकताको आधारमा दिइएका छात्रवृत्तिहरू कुनै बहानामा नखारेज गर्ने जस्ता विषयमा सहमति भए पनि विश्वविद्यालयले कुनै पहल नगरेको उनीहरूको आरोप छ।

विद्यार्थी कल्याण परिषद् चुनाव नजिकिँदै, तनाव चुलियो

काठमाडौं विश्वविद्यालयले विद्यार्थी कल्याण परिषद्को चुनाव वैशाख १५ गते गर्ने घोषणा गरिसकेको छ। तर,


  • Jigyasa media

थप