Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

कावासोती–१ का वडाध्यक्ष तवारक मियाँको हृदयघातबाट निधन

  •   २ वर्ष अघि | १९ माघ २०८१, शनिबार

मध्यविन्दु — नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–१ का वडाध्यक्ष तवारक अहमद मियाँको हृदयघातका कारण असामयिक निधन भएको छ।

राष्ट्रिय युवा संघ नेपाल नवलपुरको दशौँ जिल्ला अधिवेशनमा सहभागी भइरहेका बेला उनी अचानक ढलेका थिए। कार्यक्रमस्थल गैँडाकोटमै बेहोस भएपछि उनलाई तत्काल चितवन मेडिकल कलेज लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।

३७ वर्षीय मियाँ एमालेबाट निर्वाचित जनप्रतिनिधि थिए। उनले राष्ट्रिय युवा संघ नेपाल नवलपुरका सहसचिवका रूपमा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। उनका श्रीमती, तीन छोरी र एक छोरा रहेका छन्।

  • Jigyasa media

थप