Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

तपाईंलाई थाहा छ काफल किन खाने ?

  •   १ वर्ष अघि | १४ बैशाख २०८२, आइतवार

✍️ - राजेन्द्र देवकोटा

नेपालीमा काफल अनि अंग्रेजीमा Bay Berry को नामले चिनिने काफल फल तराईंमा जति-जति गर्मीको राप चढ्दै जान्छ, पहाडका जंगलमा काफलको रंग पनि चढ्न थाल्छ ।वैशाखको सुरुदेखि दक्षिण एसिया र पूर्वी एसियाका पहाडमा काफल पाक्यो चरीको सुरिलो तान सुनिन्छ। बिहानदेखि अबेर रातिसम्म सुसेलेको जस्तो चार नोटको यसको स्वरले धेरैलाई आकर्षित गर्छ।

नेपालमा काफल एक लोकप्रिय पहाडी अनि जंगली फल हो । जंगली फल भनेपछि यसमा पूर्णत जैविक हुने नै भयो । यसलाई फलाउन, बढाउन र भण्डारण गर्न कुनै रसायिनक पदार्थको प्रयोग गर्नुपर्दैन । समुन्द सतहको १००० मिटर देखि २५०० मिटर सम्ममा काफल पाइन्छ |यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ । पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ । नेपाल , भारत को उत्तरखंड , चीनको दक्षिण भागमा काफल यही सिजनमा पाक्ने गर्दछ | रातो काफल जापानमा दशौ महत्वपुर्ण स्ट्रीट ट्री ( सडकमा रोपिने सौन्दर्य रुखमा ) को रुपमा लिने गरिन्छ | चीनमा कफको धेरै प्रजातिको बिकाश र अनुसन्धान समेत भै राखेको छ भने छिन् बाट ऑस्ट्रेलियामा समेत निर्यात हुने गर्दछ | चीनमा यस को फल ठुलो साइजमा २० देखि २५ ग्राम सम्म को हुन्छ | नेपालमा पनि यसको जात र ब्यबसायिक खेतीमा अध्यन र अनुसन्धान हुन जरुरि देखिन्छ |

काफलमा एन्टी–अक्सिडेन्ट गुण हुन्छ। एनिमिया, दम, रुघा–ज्वरोलगायत समस्यामा यो लाभकारी छ। फल मात्र नभई यसको रूखको बोक्रा र पात पनि गुणकारी हुन्छ। त्यसमा पाइने तत्त्वले विभिन्न रोगको जोखिम कम गराउँछ।

  • K

थप