Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

काठमाडौंमा अपराह्नपछि वर्षाको सम्भावना, भोलि अझ धेरै पानी पर्ने पूर्वानुमान

  •   १ वर्ष अघि | १६ बैशाख २०८२, मङ्लबार

काठमाडौं । देशका केही भूभागमा आज पनि वर्षाको सम्भावना देखिएको छ। सोमबारको तुलनामा आज वर्षा केही कम हुने मौसमविद्‌हरूले बताएका छन्।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा केही कमजोर भएकाले आजको वर्षा हिजोकोभन्दा न्यून रहने मौसमविद् गोविन्द झाले जानकारी दिए। तर, स्थानीय र पश्चिमी वायुप्रवाह सक्रिय भएकाले देशका विभिन्न स्थानमा वर्षा भने जारी रहनेछ।

काठमाडौं उपत्यकामा पनि अपराह्नपछि वर्षाको सम्भावना रहेको छ। मौसमविद् झाका अनुसार दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्नेछ।

भोलि भने आजभन्दा धेरै पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ। बंगालको खाडीबाट आउने जलवाष्पको मात्रा बढ्ने भएकाले काठमाडौंमा भोलि ठूलो वर्षा हुने पूर्वानुमान गरिएको हो।

आजसम्म पूर्व र मध्य तराइमा केन्द्रित वर्षा भोलिदेखि पश्चिमी नेपालतर्फ पनि फैलिनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि भोलिदेखि वर्षा सुरु हुने मौसमविद् झाले बताए।

दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ। अन्य क्षेत्रहरूमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। त्यस्तै, ती प्रदेशका हिमाली भूभागमा हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

राति पनि कोसी र मधेस प्रदेशसहित पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य भागहरूमा मौसम आंशिक सफा रहनेछ।

हाल नेपालमा पश्चिमी वायुप्रवाह, स्थानीय वायु र बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव रहेको विभागले जनाएको छ।

  • Jigyasanepal

थप