Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पनौती नगरमा शिक्षा: ‘नगरले नियन्त्रण गरे द्धन्द्ध नगरे बेथिति बढ्ने’

  •   १ वर्ष अघि | १६ जेष्ठ २०८२, शुक्रबार

पनौती, काभ्रे ।

पनौती नगरपालिका पनि अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा लागु भएको नगरपालिका घोषणा हुने भएको छ । यस अघि जिल्लाको बेथानचोक गाउपालिकालाई अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा लागु भएको पालिका घोषणा गरिसकेको छ । 

संविधानमा मौलिक हकको रुपमा रहेको आधारभुत शिक्षामा पहुच कार्यान्वयन गर्न नगरपालिकाले वडा स्तरको सर्भेक्षण गरि अनिवार्य तथा निशुल्क  आधारभुत शिक्षा  लागु भएको पालिका घोषणा गर्न लागेको हो ।  १२ वटा वडा रहेको पनौतीमा पहिला वडा स्तरमा घोषणा गरि नगरपालिकाले असारको पहिलो साता नगरलाई घोषणा गर्ने तयारी गरेको छ । 

पनौती नगरका शिक्षा शाखाका निर्देशक प्रणयराज न्यौपानेका अनुसार नगरभरी विद्यालय वाहिर रहेका १८ वर्ष सम्मको उमेर समुहका २० जना मध्य ११ जना क वर्गका अपाङ्ग रहेका छन । बाकी ९ जना पनि नगर बाहिरका तथा उमेर समुह नमिलेका छन् । उनिहरुलाई पनि विद्यालयमा भर्ना गर्ने प्रयत्न भैरहेको छ । ९९ प्रतिशत भर्ना भएमा  पनि अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा लागु भएको पालिका घोषणा गर्न मिल्छ । यो वर्ष जिल्लामा पनौतीका साथै महाभारत र भुम्लु गाउपालिका पनि अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा लागु भएको पालिका घोषणा हुदैछ । 

शुक्रवार पनौती नगरपालिका शिक्षा शाखाले आयोजना गरेको अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि नगर स्तरीय सरोकारवाल सचेतना कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारीले नगरले शिक्षा क्षेत्रमा वजेट विनियोजनमा कन्जुसाई नगरेको बताउनु भएको थियो ।  उहाले शिक्षामा सबै नगरले नियन्त्रणमा लिदा द्धन्द्ध सृजना हुने र नियन्त्रण नलिदा वेथिति उत्पन्न हुने तितो यथार्थ रहेको भन्दै वडाबाट अनिवार्य तथा निशुल्क आधारभुत शिक्षा लागु भएको पालिका घोषणा गर्दै नगर घोषणा गरिने बताउनु भएको थियो । 

पछिल्लो समय सामुदायीक विद्यालयमा विद्यार्थिलाई विद्यालयमा ल्याउने र टिकाउने कुरामा चुनौती थपिदै गएको सरोकारवालाहरुको भनाई रहेको छ । विद्यालय शिक्षा निशुल्क भने पनि केहि सामुदायिक विद्यालयहरुले चन्दा, सहयोग,  गाडी भाडा जस्ता विविध विषमा मोटो रहम असुलिरहेको सन्दर्भ उठाएका थिए । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि नियमावली २०७७ अनुसार सार्वजनिक विद्यलयले माध्यामिक तहसम्मको शिक्षामा विद्यार्थि भर्ना शुल्क, परिक्षा शुल्क, मासिक पढाई शुल्क र पाठ्यपुस्तक वापतको शुल्क निशुल्क गर्नुपर्छ ।


  • Jigyasanepal

थप