Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

बाढीको एक झट्काले डाइभर्सन बगायो, नारायणगढ–बुटवल सडक पूर्ण अवरुद्ध

  •   ११ महिना अघि | २३ जेष्ठ २०८२, शुक्रबार

नवलपरासी, जेठ २३

नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत नवलपरासीको दुम्कीवासमा निर्माण गरिएको अस्थायी डाइभर्सन बाढीले बगाएपछि सवारी आवागमन पूर्णरूपमा ठप्प भएको छ।

विनयी त्रिवेणी गाउँपालिका–१ स्थित दुम्कीवास खोलामा अस्थायी वैकल्पिक बाटोको भरमा चलिरहेको यातायात आज दिउँसोको बाढीले क्षतविक्षत बनाएको हो। डाइभर्सन बग्नासाथ सडक दुबै तर्फ अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।

साना सवारीसाधन र यात्रुवाहक गाडीलाई होङ्सी गेट हुँदै सर्दीको भित्री वैकल्पिक मार्ग प्रयोग गर्न सुझाइएको छ भने ठूला मालवाहक गाडीलाई एक लेनमा रोकेर व्यवस्थापन गरिएको छ। खोलाको बहाव घटेपछि तत्काल मर्मत कार्य थाल्ने तयारी गरिएको बताइएको छ।

यस क्षेत्रको मुख्य पुल गत पुस २६ गते एक भारतीय हेभी ट्रक पास गर्ने क्रममा भाँचिएको थियो। त्यसयता डाइभर्सनको भरमा यातायात सञ्चालन हुँदै आएको थियो।
बुटवल–नारायणगढ सडक आयोजनाले भने विनयी खोलामा नयाँ पुलको निर्माण पूरा भइसकेको र वर्षा सुरु हुनुअघि नै सञ्चालनमा ल्याइने जानकारी दिएको छ।

त्यसैगरी, पूर्वपश्चिम राजमार्ग अन्तर्गत मध्यविन्दु नगरपालिका–७ स्थित चोरमारा पुल मर्मतपश्चात आजदेखि पुनः सञ्चालनमा आएको छ। वैशाख २९ मा चर्किएको सो पुल पुनःनिर्माणपछि यातायातका लागि खुला गरिएको हो। मध्यविन्दु नगरप्रमुख भीमलाल अधिकारीका अनुसार पुल मर्मतसँगै अब यात्रु तथा सवारीका लागि सहज भएको छ।

एकातिर बाढीले डाइभर्सन बगाएर यात्रुहरू अलपत्र पारेको छ भने अर्कातिर चर्किएको अर्को पुल मर्मतपश्चात सञ्चालनमा आउँदा केही राहत पुगेको छ। तर बर्खा सुरु भइसकेको यस बेला वैकल्पिक व्यवस्थामै भर पर्नु सरकार र निर्माणसम्बन्धी निकायको असफलताका उदाहरण हुन्।

  • Jigyasanepal

थप