Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

हावाहुरीसँगै चट्याङको कहर: एक युवक गम्भीर घाइते, घरमा क्षति

  •   १ वर्ष अघि | २९ जेष्ठ २०८२, बिहिबार

जेठ २९, २०८२ | हेटौंडा

बागमती प्रदेशमा मौसमको अचानक रूप परिवर्तनसँगै परेको चट्याङले मानवीय र भौतिक दुबै क्षति पुर्‍याएको छ। बिहीबार अपराह्न परेको चट्याङबाट बागमती गाउँपालिका–२ का ३२ वर्षीय कृष्णबहादुर श्रेष्ठ गम्भीर घाइते भएका छन्।

कम्मरभन्दा तल नचल्ने अवस्था
प्रहरीका अनुसार, श्रेष्ठ घरमै बसिरहेको बेला चट्याङको चपेटामा परेका हुन्। अहिले उनी स्थानीय स्वास्थ्य चौकीमा उपचाररत छन्। प्रारम्भिक रिपोर्ट अनुसार, चट्याङ लागेपछि उनको कम्मरमुनिको भाग चलेको छैन।

घरमा आंशिक क्षति
सोही गाउँमा रहेको कमलजंग रानामगरको जस्ताले छाएको एक तले घरमा पनि चट्याङले क्षति पुर्‍याएको छ। घरको छाना र केही भित्ताहरू चर्किएका छन्।

बुधबार मात्रै मकवानपुरको कैलाश गाउँपालिका - ९ का १४ वर्षीय कान्छा गोलेको चट्याङ लागेर मृत्यु भएको थियो। लगातारको खराब मौसमले स्थानीय बासिन्दाहरू त्रसित बनेका छन् ।

  • K

थप