Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

भारी वर्षाले बढायो बाढी–डुबानको खतरा, प्रभावित क्षेत्र सतर्क रहन आग्रह

  •   १ वर्ष अघि | १ असार २०८२, आइतवार

काठमाडौं, असार १ – देशभर लगातार भइरहेको वर्षाले बाढी, डुबान र पहिरोको जोखिम उच्च बनेको छ। जल तथा मौसम विज्ञान विभागले पछिल्लो एक घण्टामा देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा मापन गरिएको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

भारी वर्षा भएका मुख्य क्षेत्रहरू

  • मकवानपुर: हेटौंडा र रजैया क्षेत्र वर्षामापन केन्द्रमा भारी वर्षा मापन
  • धनुषा: चिसापानी बजार र आसपास मध्यमदेखि भारी वर्षा
  • बारा र रौतहट: रजुवा र चंद्रपुर क्षेत्रमा झन् व्यापक वर्षा
  • म्याग्दी: दर्बांग क्षेत्रमा समेत भारी वर्षा मापन

विभागका अनुसार यी क्षेत्रहरू भएर बग्ने स–साना खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेको छ। साथै, होचा भूभागमा डुबान र भिरालो क्षेत्रमा पहिरो खस्ने खतरा पनि बढेको बताइएको छ।

विभागको विशेष चेतावनीः

  • नदी आसपासका बासिन्दा सतर्क रहनुहोस्
  • होचा र पहिरोप्रवण क्षेत्रबाट टाढा बस्न आग्रह
  • यातायात, खेतीपाती र दैनिक गतिविधिमा उच्च सतर्कता

मौसमविद्हरूका अनुसार अझै केही दिनसम्म देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा जारी रहने सम्भावना छ। यस्तो अवस्थामा जनधनको क्षति न्यूनीकरणका लागि पूर्वतयारी र सावधानी अनिवार्य भएको विज्ञहरूले चेतावनी दिएका छन्।

  • Jigyasanepal

थप