Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

श्रीमानको हत्या गरेको आरोपमा श्रीमती पक्राउ

  •   १ वर्ष अघि | १ असार २०८२, आइतवार

काठमाण्डौ ।

श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ। महिलाले घरायसी विवाद हुँदा दाउले हानेर श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई पक्राउ गरिएको अर्घाखाँची प्रहरीले जनाएको छ।  

छत्रदेव गाउँपालिका–३ शिख्रकी २७ वर्षीया मेखमाया कुमालले गएराति सुतिरहेका ३८ वर्षीय श्रीमान रामु कुमालको टाउकोमा दाउ प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए।  

प्रहरीका अनुसार शनिबार साँझ श्रीमान–श्रीमतीबीच सामान्य घरायसी विवाद भएको थियो। सोही विवादको आवेगमा मेखमायाले राति श्रीमान निदाएको बेला हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हत्यामा प्रयोग भएको दाउसहित मेखमायालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकी मेखमायामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मल्लको भनाइ छ। 

  • Jigyasanepal

थप