Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

तीनकुने र अनामनगर प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण, सोभित उप्रेतीको सामाजिक पहल

  •   १ वर्ष अघि | २ असार २०८२, सोमवार

काठमाडौं, असार २ । समाजसेवी तथा राजनीतिज्ञ सोभित उप्रेतीले काठमाडौं क्षेत्र नं. १ अन्तर्गत पर्ने तीनकुने र अनामनगर (सिंहदरबार) प्रहरी वृत्तलाई बाढीजन्य विपद् व्यवस्थापनका लागि आवश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गर्नुभएको छ।

एसएस फाउण्डेशनको सक्रिय पहलमा आयोजित कार्यक्रममा फाउण्डेशनका संरक्षक समेत रहनुभएका उप्रेतीले आपतकालीन उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण गरिएका सामग्रीहरूमा जीवन रक्षक उपकरण, सुरक्षा सामग्री तथा तत्काल राहत दिन सकिने सामग्रीहरू समावेश छन्।

कार्यक्रममा उप्रेतीले भन्नुभयो, “प्राकृतिक विपद्का बेला उद्धारका लागि राज्य संयन्त्रलाई सहयोग गर्नु हामी सबैको जिम्मेवारी हो। यी सामग्रीहरूले संकटको समयमा प्रहरीलाई बाढीपीडितको उद्धारमा महत्वपूर्ण मद्दत पुर्‍याउने विश्वास लिएको छु।”

उक्त अवसरमा प्रहरी प्रतिनिधिहरू, एसएस फाउण्डेशनका सदस्यहरू तथा स्थानीय सर्वसाधारणको उपस्थिति रहेको थियो। फाउण्डेशनले आगामी दिनमा अन्य जोखिमयुक्त क्षेत्रहरूमा पनि यस्ता सहयोग कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।

  • Jigyasanepal

थप