Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

अमेरिकामा १० यात्रु सवार विमान बेपत्ता, खोजी कार्य जारी

  •   २ वर्ष अघि | २५ माघ २०८१, शुक्रबार

वासिङ्टन, माघ २५ – अमेरिकाको अलास्का राज्यमा बिहीबार १० जना यात्रु सवार एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ। सम्भावित दुर्घटनाको आशंका गर्दै खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।

अलास्का राज्य प्रहरीले दिएको जानकारीअनुसार, बेरिंग एयर क्याराभान नामक उक्त विमानमा ९ जना यात्रु र एक पाइलट सवार थिए। स्थानीय समयअनुसार दिउँसो ४ बजे उनालाक्लिटबाट नोम गन्तव्यतर्फ उडेको विमान निर्धारित समयसम्म गन्तव्यमा नपुगेपछि सम्पर्कविहीन भएको हो।

यी दुई सहर नोर्टन साउण्ड क्षेत्रमा करिब २३५ किलोमिटर (१४६ माइल) को दूरीमा रहेका छन्। खोजी तथा उद्धार टोलीहरूले विमानको अन्तिम लोकेसन ट्र्याक गर्न प्रयास गरिरहेको बताइएको छ।

अमेरिकामा पछिल्लो समय हवाई दुर्घटनाका घटनाहरू

हालै अमेरिका विभिन्न हवाई दुर्घटनाका घटनाहरूबाट प्रभावित हुँदै आएको छ। जनवरी ३० मा वासिङ्टन डिसीमा अमेरिकी सेनाको हेलिकप्टरसँग यात्रुबाहक विमान ठोक्किँदा ६७ यात्रुको मृत्यु भएको थियो।

त्यस्तै, फिलाडेल्फियाको एक व्यस्त क्षेत्रमा मेडिकल विमान दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए।

अलास्कामा बेपत्ता भएको विमानबारे थप विवरण आउन बाँकी छ। खोजी तथा उद्धार कार्य जारी छ।


(नयाँ अपडेट प्राप्त हुनेबित्तिकै जानकारी गराइनेछ।)


  • Jigyasa media

थप