Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायल-इरान तनाव चुलियो

  •   १ वर्ष अघि | ३ असार २०८२, मङ्लबार

जिज्ञासा अन्तर्राष्ट्रिय | असार ३, २०८२

मध्यपूर्वमा चुलिँदो तनावबीच इरानले इजरायली गुप्तचर संस्था मोसादको मुख्यालयमा सीधा हमला गरेको छ। इजरायलको राजधानी तेल अभिभस्थित हर्जिलिया टाउनमा रहेको मोसाद कार्यालयलाई लक्षित गर्दै गरिएको आक्रमणले दुबै देशबीचको गोप्य युद्ध खुला मञ्चमा आइपुगेको संकेत दिएको छ।

गुप्तचर भवनमा दोहोरो निशाना

इरानको शक्तिशाली सैन्य इकाई इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (IRGC) ले मोसादसँगै इजरायली मिलिटरी इन्टेलिजेन्स एजेन्सी ‘AMN’ को भवनलाई समेत निशाना बनाएको पुष्टि गरेको छ। दुबै संरचनामाथि अति गोप्य तरिकाले योजना बनाएर आक्रमण गरिएको बताइएको छ।

सामाजिक सञ्जालमा हालिएको भिडियोमा मोसाद मुख्यालय वरिपरि भीषण आगलागी देखिन सकिन्छ, जसले आक्रमणको तीव्रता पुष्टि गर्छ।

 साइबर मोर्चामा पनि प्रतिआक्रमण

इरानको भौतिक आक्रमणपछि इजरायली ह्याकर्स समूहले इरानको प्रमुख बैंक ‘सेपाह’माथि साइबर हमला गर्दै सेवा अवरुद्ध बनाएका छन्। फार्स समाचार एजेन्सीका अनुसार, उक्त साइबर हमलाको जिम्मा इजरायलसँग आवद्ध ह्याकर्स समूहले लिएको हो।

सुरक्षालाई मध्यनजर गर्दै बैंकले सबै इलेक्ट्रोनिक प्रणाली बन्द गर्दै डिभाइसहरू प्रयोगमा प्रतिबन्ध लगाएको जनाएको छ।

 तनावको नयाँ अध्याय?

एकातिर इरानले इजरायली गुप्तचर संयन्त्रमाथि प्रत्यक्ष हमला गर्दै आँखा झिम्क्याउने शैली छाडेको देखिन्छ, अर्कोतर्फ इजरायली पक्ष साइबर युद्धमार्फत प्रतिआक्रमणमा उत्रिएको छ। यो घटनाले इरान-इजरायल द्वन्द्व अब केवल ‘छायाँ युद्ध’ नरहने संकेत दिएको छ।

  • Jigyasanepal

थप