Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

कपिलवस्तुमा बस दुर्घटना: २४ जना घाइते, चालक र सहचालक नियन्त्रणमा

  •   २ वर्ष अघि | १० भदौ २०८१, सोमवार

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-१ बनकसबासामा सोमबार भएको बस दुर्घटनामा २४ जना घाइते भएका छन्। सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु २ ख १५९८ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार घाइतेहरूको स्थानीय चन्द्रौटा अस्पतालमा उपचार भइरहेको छ, जहाँ १५ जनाको उपचार जारी छ भने थप सात जनालाई भैरहवास्थित मेडिकल कलेजमा पठाइएको छ।

दुर्घटनापछि बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी निरीक्षक अनिष भण्डारीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

  • Jigyasa media

थप