Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

नेपालमा पहिलो पटक 'हाइड्रोजन कार' र रिफ्युलिङ प्रणालीको शुभारम्भ

  •   २ वर्ष अघि | १४ भदौ २०८१, शुक्रबार

काभ्रे । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ गरेका छन्। यो ऐतिहासिक पहल विश्वविद्यालयको २९औं दीक्षान्त समारोहअगाडि सम्पन्न भएको हो।

यो हाइड्रोजन कार दक्षिण कोरियाको हुण्डाइ कम्पनीमा निर्मित हो। नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरिएको यो कार काठमाडौं विश्वविद्यालयले नेपालमा ल्याएको छ।

प्रधानमन्त्री ओलीले हाइड्रोजन कारको महत्वबारे संक्षिप्त प्रतिक्रिया दिँदै भने, "हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जनमा कमी आउनेछ, जसले प्रदूषण घटाउन ठूलो योगदान पुर्याउनेछ।"

  • Jigyasa media

थप