Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सरकारी कार्यालयमा खाजा समय घटाइयो, सेवाग्राहीलाई राहतको अपेक्षा

  •   २ वर्ष अघि | २३ भदौ २०८१, आइतवार

काठमाडौं - सरकारी कार्यालयमा खाजा समय लामो हुँदा सेवाग्राहीहरूलाई सेवा प्राप्तिमा समस्या भइरहेको गुनासो निरन्तर सुनिँदै आएको छ। सेवाग्राहीहरूका दैनिक गुनासोलाई ध्यानमा राख्दै सरकारले खाजा समयलाई सीमित गर्दै अब मात्र आधा घण्टा राख्ने निर्णय गरेको छ। 

यसअघि सरकारी कार्यालयहरूमा एक घण्टाको खाजा समय कायम थियो, तर खाजा खानको लागि लिने अत्यधिक समयले सेवाग्राहीलाई सेवा लिन कठिनाइ हुँदै आएको थियो। यसलाई मध्यनजर गर्दै अब प्रत्येक दिन दिउँसो १:३० देखि २ बजेसम्म मात्र खाजा समय कायम गरिएको छ।  आज प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी गराइएको सूचनाले सेवाग्राहीको हितको लागि यो निर्णय कोसेढुंगा साबित हुने बताइएको छ ।

खाजा खानु आवश्यक भए पनि काममा धेरै समय अवरोध हुँदा कार्यालयको सेवा प्रवाह प्रभावित हुन नहुने सरकारी धारणा छ। यसका लागि कार्यालयको नियमलाई उल्लंघन गर्नेलाई कारबाहीको चेतावनी दिइएको छ। यदि यो नियमको उल्लंघन भएको भेटिएमा सेवाग्राहीहरूलाई "हेल्लो सरकार" मार्फत उजुरी दिन आग्रह गरिएको छ। 

सरकारको यो कदमले सरकारी कार्यालयमा हुने समयको दुरुपयोगमा कमी आउने र सेवाग्राहीहरूले छिटो र प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ। 


  • Jigyasa media

थप