Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

काठमाडौका लागि मेलम्ची खानेपानी असोजदेखि पुनःसञ्चालन हुने

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

काठमाडौं ।  खानेपानीमन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन, र दीर्घकालीन योजना तयार गरी कार्यान्वयनमा ल्याएको बताएका छन्। 

राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमार साह गरिमाले सोधेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजको पहिलो सातादेखि पुनःसञ्चालनमा ल्याउने योजना रहेको जानकारी गराए। यसले काठमाडौंवासीलाई खानेपानी सुविधा पुनः प्राप्त हुने उनले बताए। 

मौसममा सुधार भएपछि मेलम्ची आयोजनाको सुरुङमा पानी पठाउने तयारी भइरहेको उनले स्पष्ट पारे। हाल मेलम्चीको पानी नियमित उपलब्ध हुन नसकेकाले वैकल्पिक उपाय अवलम्बन गर्दै काठमाडौंवासीलाई पानी वितरण भइरहेको छ। 

मन्त्री यादवले मेलम्ची आयोजनाको बाँधस्थललाई सुरक्षित राख्दै नियमित पानी आपूर्ति गर्न सरकारले विभिन्न कार्यक्रम अघि बढाएको र यसका लागि आवश्यक पहल भइरहेको बताए। 

तराई–मधेश क्षेत्रमा डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराउने प्रयास भए पनि पानीको स्रोत सुकेका कारण केही समस्या देखिएको उनले स्वीकारे। अधुरा खानेपानी आयोजना समयमै सम्पन्न गराउन मन्त्रालयले आवश्यक पहल गरिरहेको छ, र बजेटको व्यवस्था गर्न अर्थमन्त्रालयलाई आग्रह पनि गरिएको

  • Jigyasa media

थप