Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

झिकुखोलाले बगाए तेमाल १ का गगन भण्डारी बेपत्ता, खोजी कार्य जारी

  •   १ वर्ष अघि | १० साउन २०८२, शनिबार

काभ्रे, साउन १० गते।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ अमलटारीका ३५ वर्षीय गगन बहादुर भण्डारी (मेछेली) झिकुखोलाले बगाएर बेपत्ता भएका छन् ।

श्रावण ९ गते शुक्रबार राति करिब ८:४५ बजे खेतमा पानी हाल्न गएका भण्डारी झिकुखोला तर्न खोज्दाखोज्दै बेपत्ता भएका हुन्। घटना स्थल अमलटारीको झिकुखोला पाँचखाल नगरपालिका हुँदै सुनकोसी नदीमा मिसिन्छ, जसले खोजी कार्य झन् चुनौतीपूर्ण बनेको बताइएको छ। खोला नजिकै सुनकोसी नदी रहेको र पानीको बहाव ज्यादा रहेकोले खोजीमा समस्या भइरहेको स्थानीयले बताएका छन् ।

घटनापछि भण्डारी बेपत्ता भएको पुष्टि भएपछि प्रहरी तथा स्थानीयको सहयोगमा तत्कालै खोजी कार्य सुरु गरिएको थियो। अहिले बिहान पनि खोजी तीव्र रूपमा जारी रहेको स्थानीयले बताएका छन ।

५९ वर्षीय भण्डारी पछिल्लो समय कृषि पेशामा आवद्ध थिए ।त बर्खाको समयमा खोला बढ्दो अवस्थामा रहेको हुँदा सर्तक रहन यस अघि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको थियो ।

  • Jigyasanepal

थप