Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

कैलालीमा बसको ठक्करबाट वृद्धको मृत्यु

  •   २ वर्ष अघि | ८ असोज २०८१, मङ्लबार

धनगढी: कैलालीको गौरीगंगा नगरपालिका-९, मसुरियामा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। सोमबार साँझ सुपप्र ०१-००१ क २४६४ नम्बरको बसले ८४ वर्षीय हर्कबहादुर बमलाई ठक्कर दिएको थियो, जसका कारण उनको उपचारका क्रममा निसर्ग अस्पताल, धनगढीमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कवीन्द्रसिंह बोहोराका अनुसार वृद्ध बम सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको थियो।

बस चालक नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप