Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

गहुँ खेती गर्ने कृषकले ध्यान दिनुपर्ने कुराहरु के - के हुन् ?

  •   २ वर्ष अघि | १२ मंसिर २०८१, बुधबार

काठमाण्डौ ।

गहुँ नेपालको धान र मकै पछिको तेस्रो प्रमुख खाद्यान्न बाली हो। विश्वको मुख्य खाद्यान बालीको रूपमा रहेको गहुँ बाली नेपालमा हिउँदमा खेति गरिने सवैभन्दा महत्वपूर्ण वाली हो। यो क्यालोरी र प्रोटिनको मुख्य स्रोत हो। यसको खेति नेपालको तराई देखि उच्च पहाड सम्म खेती गरिदै आइएको छ। नेपालमा आ.व २०७९/८० मा ७ लाख १६ हजार ९ सय ७८ हेक्टर क्षेत्रफलमा गहु खेती भई २१ लाख ४४ हजार ५ सय ६८ मे.ट. उत्पादन भएको छ। हाल नेपालमा गहुँको औषत उत्पादकत्व २.९९ मे.ट./हे. रहेको छ।

कृषकले गहुँ खेतीबाट राम्रो उत्पादन लिनको लागि निम्न कुराहरुमा ध्यान दिनुपर्ने अवश्यकता देखिन्छ :-

१. जातको छनाैट 

गहुँको जात छनोट गर्दा बीउ उत्पादन गर्ने समूह वा सहकारी , पालिकाको कृषि शाखा तथा  कृषि ज्ञान केन्द्र सँगको समन्वय गरेर गर्दा राम्राे हुन्छ । सामान्यतया तराईको लागि विजय, भृकुटि, रोहिणी, एन.एल - ९७१, वाणगंगा जस्ता जातहरू छनाैट गर्ने सकिन्छ भने पहाडको लागि अन्नपूर्ण - १, अन्नपूर्ण - ४, अच्युत, पासाङल्हामु, डब्लु.के - १२०४, गौरा, धौलागिरि जस्ता जातहरू छनाैट गर्ने सकिन्छ।

२. बिउ उपचार 

रोग लागेका बीउका दानाहरु प्रयोग गर्नाले गहुँबालीमा थुप्रै किसिमका रोगहरु जस्तै कालो पोके, सिन्दुरे, डडुवा आदि लाग्न सक्छन् । यी रोगका कारणले गहँको वार्षिक उत्पादनमा नकारात्मक असर पारिरहेको हुन्छ । यी रोगहरुलाई कम गराउनका लागि स्वस्थ र गुणस्तरीय बीउको प्रयोग गर्नुपर्छ र बीउ छानिसके पछि तातो पानी अथवा ढुसीनासक विषादीद्वारा उपचार गर्नुपर्छ । उपचार विधिको बारेमा तल उल्लेख गरिएको छ :

(क) तातो पानीद्वारा बीउको उपचार

ब्याडमा बीउ छर्न भन्दा अगाडिे गहँको बीउलाई ४ घण्टासम्म पानीमा भिजाएर राख्नुपर्छ । त्यसपछि बीउलाई ५२ डि. से. को तातोपानीमा १० मिनेट वा ५५ डि. से.को तातोपानीमा ५ मिनेट जति इुबाई राख्नु पर्छ । त्यस पछि, भिजाइए्को बीउलाई केही समय शीतलमा राखेर दुसीनासक विषादीद्वारा उपचार गनुपर्छ ।

ख) दुसीनासक विषादीद्वारा बीउको उपचार

गुणस्तरीय र स्वस्थ गहूँ बाली उत्पादनका लागि अनिवार्य रुपमा बीउ गहुँको उपचार गर्नुपर्छ ।

बीउलाई छर्नु भन्दा अगाडि वेभिष्टिन वा थिराम २ ग्राम प्रति के.जी. बीउका दरले बन्द भाडामा मिसाउने र राम्ररी ८-१० मिनेट सम्म हल्लाउनु पर्दछ। यस तरिकाबाट बीउको उपचार गर्नाले गहुँमा लाग्ने सिन्दुरे, डढ़ुवा र कालो पोकेजस्ता रोगहरुलाई नियन्त्रण गर्न सहयोग गर्दछ।


३. रोप्ने समय

गहूँ समयमै (कार्तिकको अन्तिम हस्ता देखि मंसिरको दोश्रो हप्ता सम्म) लगाउन अति आवश्यक हुन्छ। खास गरी तराईमा गहुँ ढिलो छर्दा  पाक्ने समयमा पश्चिमी तातो हावाको असरबाट उत्पादनमा कमी आउँछ। यदि मंसिर १५ पछि बीउ छर्नु परेमा २०-२५ प्रतिशत वीउ बढाउनु पर्दछ।

४. बीउ दर

राम्रो उत्पादन लिन उमारशक्ति ८५% भन्दा बढी भएको गुणस्तरीय बीउ प्रयोग गर्नु  पर्दछ। माटोमा उपयुक्त चिस्यान (जस्तै: माटो हातमा राखी मुठ्ठी पार्दा डल्लो पर्ने अवस्था) भएको बेलामा गहुँ छर्नु पर्दछ । सरदर १२० किलोग्राम  सिफारिश गरिएको छ।

५. मलखाद 

सरदर ६ टन प्राङ्गारिक मल र १४०:५०:५० किलोग्राम नाइट्रोजन, फस्फोरस, पोटास तराईको लागि त्यस्तै ६ टन प्राङ्गारिक मल र १००:५०:५० किलोग्राम नाइट्रोजन, फस्फोरस र पोटास प्रयोग गर्ने।

युरिया मल सिफारिस मात्राको एक तिहाई मात्रा जमिनको तयारीको समयमा र एक तिहाई बाली लगाएको २५-३० दिन पछि ( गान्ज आउने समयमा) र एक तिहाई बालीको फुल फुल्नु भन्दा अगाडी (५५-६० दिन पछि) प्रयोग गर्न गरिन्छ। फस्फोरस, पोटास र युक्त मलको सम्पूर्ण सिफारिस मात्रा जमिनको तयारीको समयमा प्रयोग गर्न सकिन्छ।

५. झारपात व्यवस्थापन

गहुँ खेतमा उम्रने चौडा पाते झारहरू बेथे, कृष्ण नील, कुटील कोसा, हलहले आदि हुन्  भने  रगते झार, हात्तिस्डे, आदि साँघुरो पाते झारहर हुन्। गहुँको चौडापाते र साँघुरो पाते दुवै झार नियन्त्रण गर्न झार आउन् भन्दा अगाडी गहुँ छरेको ७२ घण्टा भित्र ११० मि. लि Pendimethalin १६ लिटर पानीमा मिसाउने र उक्त झोल प्रति कठ्ठाका दरले माटोमा चिस्यान छँदै खेतमा छर्नु पर्दछ ।

६. सिंचाई 

सिंचाई भन्नाले खेतबारीमा विरुवाको लागि आवश्यक पानी दिनु हो । माटोमा उपयुक्त उच्च चिस्यान भएको अवस्थामा अझ बढी उत्पादन लिन सकिन्छ । प्रथम सिंचाई  गहुँ छरेको एक महिनासम्म पनि पानी नपरेमा २०-२५ दिन पछि सहायक जरा पलाउने बेलामा सिंचाई गर्नु  पर्दछ । त्यस्तै दोस्रो सिंचाइ सम्भव भएसम्म बाला लाग्ने समयमा (करिब साढे तीन महिना पछि) सिंचाई गर्न सकेको खण्डमा यसले अझ बढी दानाहरु लाग्नमा सहयोग गर्दछ।

७. रोगकिरा व्यवस्थापन

गहुँ बालीमा लाग्ने मुख्य रोगहरू मध्ये डढुवा, सिन्दुरे र कलोपोके मूख्य हुन भने लाहि, खुम्रे किरा, फौजी किरा, किट किटे, फेद कटुवा किरा, गुलाबी गबारो आदि प्रमूख नोक्सान पुर्याउने कीराहरू हुन। खेतको सरसफाई, मलखादको प्रयोग, उन्नत विउको प्रयोग, बिउ उपचार गर्न सकियो भने यस्ता समस्याहरूबाट जोगिन सकिन्छ ।

८. बाली भित्र्याउने कार्य 

 बाली भित्र्याउने समय बाला मुनिको डाँठ हरियोबाट पहेंलो अएको ७ दिन भित्र बाली भित्र्याउनु अति उपयुक्त हुन्छ । सामान्यतया : बाली मित्र्याउने समयमा गहुँमा पानीको मात्रा ३०% हुन्छ। गहुँको बाली भित्र्याने कार्य घाम लागेको दिनमा गर्नु उपयुक्त हुन्छ । यदि बाली भित्र्याउँदा पानीले भिजेको भण्डारण समयमा गहुँ उम्रने वा कुहिने सम्भावना हुन्छ ।


  • Jigyasa media

थप