Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

अपहरणपछि भारत लगिँदै गरेका ४ वर्षीय बालकको नाटकीय उद्धार!

  •   २ वर्ष अघि | २८ माघ २०८१, सोमवार

ललितपुर ।ललितपुर पाटनबाट अपहरण गरिएका ४ वर्षीय बालक भारततर्फ लगिँदै गर्दा प्रहरीको सतर्कताले कलंकीबाट उद्धार गरिएको छ। भियतनामी नागरिक माइ होङ किन्हालनले अपहरण गरी कलंकीस्थित इलाम मेची गेस्ट हाउसमा बन्धक बनाएर राखेका थिए।

भारत बेच्न लगिँदै थिए!

प्रहरीका अनुसार बालकलाई भारतको पञ्जाब लगेर बिक्री गर्ने योजना बनाइएको थियो। अपहरणकारीको मोबाइलमा बालककै नाममा बनाइएको भारतीय आधार कार्डको तस्वीर फेला परेको छ, जसले योजनाबद्ध मानव बेचबिखनको सङ्केत गर्छ।

निवेदनपछि प्रहरीको सक्रियता

बालक हराएपछि आमा सरिता तामाङले निवेदन दिएकी थिइन्। अनुसन्धान अघि बढाउँदै जाँदा प्रहरी मकालु पेट्रोल पम्प नजिकको गेस्ट हाउसमा पुग्यो, जहाँ कोठा नम्बर १०७ भित्र बालकलाई बन्धक बनाई राखिएको अवस्थामा फेला पारियो।

यात्रा टिकटसमेत भेटियो

भियतनामी युवकले काठमाडौं–वीरगञ्ज यात्रा गर्ने टिकट काटिसकेको देखिएको छ। यस्तै गतिविधिले नेपालमार्फत मानव तस्करीका गिरोहहरू सक्रिय हुन सक्ने सम्भावना देखिएको छ।

अहिले अपहरणकारीलाई जिल्ला प्रहरी परिसर, ललितपुरमा राखी थप अनुसन्धान भइरहेको छ। बालकलाई मेडिकल जाँचपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।


👉 यस्ता अपराध रोक्न सतर्क रहनुहोस्! कुनै पनि शङ्कास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त खबर गर्नुहोस्!


#JigyasaNepal #CrimeNews #ChildAbduction #NepalPolice #Kathmand

u #HumanTrafficking


  • Jigyasa media

थप