Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

रातको अन्धकारमै रोशी खोलाबाट ५ जना र दुई सवारी साधनको सकुशल उद्धार

  •   १ वर्ष अघि | ६ असार २०८२, शुक्रबार

 काभ्रे, असार ६ । असार महिनाको अविरल वर्षासँगै रोशी खोलाको भेलले रातको समयमा पाँच जना व्यक्तिसहित जेसीबी र टिपर खोलाको बीचमै फसिने घटना घटेको छ। घटनापछि नेपाली सुरक्षाकर्मीको सक्रिय समन्वय र तत्पर उद्धार प्रयासबाट सबैलाई सकुशल उद्धार गरिएको छ।२०८२ असार ५ गते, राति ९ बजे काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका–५, लासकोटस्थित रोशी खोलामा हठात् बाढीले ५ जना व्यक्ति, १ वटा जेसीबी र १ वटा टिपरलाई खोलाको बिच भागमै फसाउँदा आपतकालीन उद्धारको अवस्था सृजना भएको थियो।


घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय काभ्रेबाट प्रहरी निरीक्षक (प्र.ना.उ.) को कमाण्डमा प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।

त्यसपछि सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली समेत परिचालन भई उद्धार अभियान रातको समयमा नै सञ्चालन गरिएको थियो।

गाडी र मानिस खोलाको भेलबीच फसेको गम्भीर अवस्थाका बीच, जोखिम मोलेर उद्धार टोलीले सबैलाई सुरक्षित स्थानमा ल्याउन सफल भयो ।


🙌 सकुशल उद्धार गरिएका व्यक्ति विवरण:

1. सागर राई, २१ वर्ष — दुधकोशी गाउँपालिका–४, ओखलढुंगा (लेबर)

2. मुस्कान तामाङ, १९ वर्ष — नमोबुद्ध नगरपालिका–५, काभ्रे (टिपर सहचालक)

3. सञ्जय लामा, ४२ वर्ष — तेमाल गाउँपालिका–५, काभ्रे (ठेकदार)

4. रेमन तामाङ, ३२ वर्ष — तेमाल गाउँपालिका–९, काभ्रे (टिपर चालक)

5. समिर तामाङ, २९ वर्ष — भिमेश्वर नगरपालिका–९, दोलखा (जेसीबी चालक)

 खोलामा फसेका साधनहरू:

१ वटा जे.सी.बी. (JCB)

१ वटा टिपर

दुवै सवारी साधन जोखिमपूर्ण अवस्थामा बाढीको प्रवाहमा फसेका थिए।

यस्ता आकस्मिक घटना पुनः नदोहोरियोस् भनेर सुरक्षा निकायले खुला नदी किनार, खोला आसपासका निर्माण कार्यमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

खोलानालामा आकस्मिक भेल आउन सक्ने भएकाले नदी आसपासका काम गर्ने मजदुर, सवारी चालक तथा ठेकेदारले वर्षायाममा पूर्वतयारी र मौसम पूर्वानुमानको निरन्तर अवलोकन गर्नुपर्ने जनाइएको छ।

समयमै सूचनाको आदान–प्रदान, तीव्र उद्धार परिचालन र त्रिसेनाको सहकार्यले गर्दा यो सम्भावित ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।

  • Jigyasanepal

थप