Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

मुस्ताङमा लेक लागेर तीन पर्यटकको मृत्यु

  •   २ वर्ष अघि | १० कार्तिक २०८१, शनिबार

जोमसोम, कात्तिक १० – मुस्ताङ जिल्लामा लेक लागेर तीन दिनभित्र दुई विदेशी नागरिक र एक नेपाली पर्यटकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ दर्शन गर्न आएका एक अमेरिकी नागरिक, एक भारतीय नागरिक, र एक नेपाली नागरिकको लेक लागेर मृत्यु भएको हो।

डीएसपी सूर्यबहादुर बोगटीका अनुसार, मृतकमा काठमाडौं निवासी ७० वर्षीय कुलनारायण जोशी रहेका छन्, जो मुक्तिनाथ दर्शनपछि जोमसोमको होटलमा बसेका थिए। राति अचानक टाउको दुख्ने समस्या देखिएपछि उनी होटलको डाइनिङमा अचेत भए, जहाँबाट उनलाई अस्पताल पुर्‍याइएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरे।

यसैगरी, अमेरिकन नागरिक मिलो गोल्डसेजर (६३), मुक्तिनाथ दर्शन गरेर फर्कंदै गर्दा होलिडे क्याम्पमा अचेत अवस्थामा भेटिए। प्रहरी र होटलका कर्मचारीको सहयोगमा अस्पताल पुर्‍याउँदा उनको मृत्यु भइसकेको थियो।

शुक्रबार मुक्तिनाथ दर्शन गरेर फर्किएकी भारतको मुम्बई निवासी ६९ वर्षीया शारदा महादेव लगडे पनि लेक लागेर अचेत भएपछि अस्पताल पुर्‍याइएकी थिइन्, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरे।

डीएसपी बोगटीका अनुसार, मुस्ताङको उच्च क्षेत्रमा स्वास्थ्य परीक्षणविनै भ्रमण गर्दा पर्यटकलाई लेक लाग्ने समस्या देखिने गरेको छ। ज्येष्ठ नागरिक र दीर्घ रोगी पर्यटकलाई यो जोखिम उच्च हुने बताइएको छ।


  • Jigyasa media

थप