Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

देशभरि मौसमको उतार-चढ़ाव, हिमपातको सम्भावना कहाँ-कहाँ?

  •   २ वर्ष अघि | ३ फाल्गुन २०८१, शनिबार

फागुन ३, काठमाडौं — पश्चिमी वायुको प्रभावसँगै देशभर मौसममा उतारचढाव देखिएको छ। तराईमा हुस्सु र कुहिरोले बिहानैदेखि जनजीवन प्रभावित बनाएको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विशेषगरी कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज हल्का हिमपात हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै, पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि अन्य स्थानमा मौसम सामान्य रह्नेछ।

तराईका केही क्षेत्रमा घना हुस्सु/कुहिरो लाग्ने भएकाले सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन्। बदलिंदो मौसमको प्रभावलाई ध्यानमा राखी आवश्यक सावधानी अपनाउनु सबैका लागि आवश्यक छ।


  • Jigyasa media

थप