Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

काठमाडौंमा भोलि आइतबार पनि बदली, नयाँ मौसमी प्रणाली प्रवेश गर्दै

  •   २ वर्ष अघि | २४ फाल्गुन २०८१, शनिबार

काठमाडौं – देशका विभिन्न स्थानमा शनिबार वर्षा र हिमपात भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौंसहित झापा, मोरङ, संखुवासभा, मनाङ, कास्की, गोरखा, रुकुम पश्चिम, सिन्धुपाल्चोक लगायतका जिल्लामा वर्षा भएको हो।

यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हिमपात समेत भएको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौंमा पनि छिटपुट वर्षा भएको छ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार शनिबार रातिदेखि मौसमी प्रभाव क्रमशः कम हुँदै जानेछ। तर, आइतबार कोसी, वाग्मती, र गण्डकी प्रदेशमा आंशिकदेखि पूर्ण बदली रहने सम्भावना छ।

उनका अनुसार कोसी र गण्डकीका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहे पनि व्यापक प्रभाव पर्ने सम्भावना छैन।

नयाँ मौसमी प्रणाली प्रवेश गर्दै

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार (फागुन २६) पश्चिमी वायुप्रणालीको अर्को लहर नेपाल भित्रिनेछ। तर, यो प्रणाली तुलनात्मक रूपमा कमजोर रहने र धेरै क्षेत्रमा प्रभाव नपर्ने अनुमान गरिएको छ।

मौसमविद् पुडासैनीका अनुसार कर्णाली क्षेत्रमा हिमपात तथा हल्का वर्षाको सम्भावना छ। अन्यत्र भने स्थानीय वायुको प्रभाव बढ्दै जाने र दिउँसोतिर आकाशमा बादल विकसित भई हावाहुरी, चट्याङ तथा हल्का वर्षा हुन सक्ने अवस्था रहेको छ।

प्रिमनसुन सुरु: हावाहुरी र असिना वर्षाको सम्भावना

जलवायुविज्ञ डा. धर्मराज उप्रेतीका अनुसार फागुन २६ देखि प्रवेश गर्ने नयाँ पश्चिमी प्रणालीको प्रभाव फागुन २७ देखि चैत १ गतेसम्म रहनेछ।

उनका अनुसार फागुन २९ देखि चैत १ गतेसम्म विशेषगरी सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भेगसम्म हावाहुरी, चट्याङ र असिनापानीको सम्भावना रहेको छ।


  • Jigyasa media

थप