Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आजको मौसम कस्तो रहनेछ ? जान्नुहोस् विस्तृत विवरण

  •   २ वर्ष अघि | ११ चैत्र २०८१, सोमवार

चैत ११, काठमाडौं । आज देशभरको मौसममा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कहाँ-कहाँ बदली र वर्षा ?

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

कोशी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपात हुनसक्ने अनुमान गरिएको छ।

रातिको मौसम कस्तो रहनेछ ?

आज राति देशभर आंशिक बदलीदेखि मौसम खुला रहने छ।

सतर्कता अपनाउनुपर्ने क्षेत्रहरू

अस्थिर मौसमका कारण कृषि, स्वास्थ्य, यातायात र हवाई उड्डयनमा आंशिक प्रभाव पर्न सक्छ।

चट्याङ र हल्का वर्षाका कारण संवेदनशील स्थानहरूमा सतर्कता अपनाउन विभागको आग्रह छ।

देशका धेरै ठाउँमा आंशिक बदली भए पनि समग्रमा मौसम सामान्य नै रहनेछ। तर, पहाडी र हिमाली क्षेत्रका बासिन्दाले वर्षा तथा हिमपातबाट हुनसक्ने असरका लागि

सतर्क रहनुपर्ने देखिन्छ।


  • Jigyasa media

थप