Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

म्यान्मार थाइल्यान्डमा भूकम्पले १५० जनाको ज्यान लियो

  •   २ वर्ष अघि | १५ चैत्र २०८१, शुक्रबार

चैत १६, २०८१ | म्यान्मा – म्यान्मा र थाइल्यान्डमा शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण मृतकको संख्या १५० पुगेको छ भने सयौँ घाइते भएका छन्। भूकम्पले दर्जनौँ भवन भत्किएपछि थुप्रै मानिस भग्नावशेषमा पुरिएको आशंका गरिएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार शुक्रबार दिउँसो म्यान्माको सागिङ सहरको उत्तरपश्चिममा ७.७ रेक्टर स्केलको भूकम्प गएको थियो। केही मिनेटपछि सोही क्षेत्रमा पुनः ६.४ म्याग्निच्युडको पराकम्पन महसुस गरिएको थियो।

प्राकृतिक प्रकोपले म्यान्माका मुख्य सहरहरूमा ठूलो क्षति पुर्‍याएको छ। पुलहरू भत्किएका छन् भने सडकहरू चिराचिरा परेका छन्। भूकम्पको प्रभाव टाढा बैंककसम्म परेको छ, जहाँ एक निर्माणाधीन ३० तले गगनचुम्बी भवनसमेत ढलेको छ।

म्यान्माका नेताहरूले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेका छन्। सैन्य सरकारका प्रमुख मिन आङ ह्लिङले १४४ जनाको मृत्यु पुष्टि गरेका छन् भने ७३२ जना घाइते भएको जानकारी दिएका छन्। थाइल्यान्डमा तीनजनाको मृत्यु भएको छ।

“केही ठाउँमा भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्,” राजधानी नेपिडावस्थित एक अस्पतालको निरीक्षणपछि उनले भने। उनले राहत तथा उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गरेका छन् भने विदेशी सहायता स्वीकार गर्न सबै बाटा खुला रहेको बताएका छन्।


(रासस/एएफपी)


  • RSS

थप