Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आज ६ प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, राति कोशीमा भारी वर्षा हुन सक्ने

  •   १ वर्ष अघि | १५ बैशाख २०८२, सोमवार

सोमबार, वैशाख १५, २०८२ ।आज देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव सक्रिय छ। यसले गर्दा आज दिनभर आंशिकदेखि साधारण बदली रहने र विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ।

यससँगै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा हल्का वर्षा तथा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका केही स्थानहरूमा भने भारी वर्षाको चेतावनी जारी गरिएको छ।

आज राति पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

विशेषगरी कोशी प्रदेशका केही क्षेत्रमा रातिको समयमा भारी वर्षा हुने सम्भावना रहेको हुँदा महाशाखाले सतर्क रहन आग्रह गरेको छ। साथै हिमाली भू-भागमा हल्का हिमपात हुने सम्भावना रहेकाले उच्च क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

  • Jigyasanepal

थप