Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

भरतपुर अस्पतालमा महिलाको मृत्यु प्रकरण: नौ सदस्यीय छानबिन समिति गठन

  •   २ वर्ष अघि | ५ भदौ २०८१, बुधबार

चितवन। भरतपुर अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि घटनाको छानबिन गर्न नौ सदस्यीय समिति गठन गरिएको छ। भरतपुर महानगरपालिका–१२ की, हाल गैँडाकोट बस्ने, सम्झना काफ्लेको उपचारका क्रममा मृत्यु भएको थियो।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको बैठकले भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. प्रकाश खतिवडाको संयोजकत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरेको हो।

समितिमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. प्रदीप थापा, प्रहरी निरीक्षक विवेक घिमिरे, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत अजय शर्मा, जिल्ला प्रशासन कार्यालयका अधिकृत अन्तिम सिञ्जाली, र पीडित पक्षबाट रमेश काफ्ले, राजेन्द्र ढकाल, र मन्दिरा काफ्ले सदस्यका रूपमा रहेका छन्। तुलसीराम आचार्य सदस्यसचिवका रूपमा रहेका छन् भन्ने जानकारी प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिएका छन्।

समितिलाई एक साताभित्र अध्ययन प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ। अस्पताल प्रशासनले पनि आन्तरिक रूपमा छानबिन समिति गठन गरेको छ। छानबिन समितिको प्रतिवेदनपछि आवश्यक कारबाही अगाडि बढाउने र मृतकको शव आफन्तले अन्तिम संस्कारका लागि लैजाने निर्णयसमेत भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मृतकका परिवारले चिकित्सकको लापरबाहीका कारण घटना भएको भन्दै शव बुझ्न अस्वीकार गरेका थिए। 


(रासस)

  • RSS

थप