Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

मकवानपुरमा करेन्ट लागेर दुई बालिकाको मृत्यु

  •   २ वर्ष अघि | २६ असोज २०८१, शनिबार

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीस्थित कभर्ड हल नजिकै करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ। बाराको निजगढ नगरपालिका–१ निवासी ९ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ निवासी ७ वर्षीया बालिकाको मृत्यु भएको हो, जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ।

प्रहरीका अनुसार कभर्ड हल छेउमा जडान गरिएको ११ केभीको ‘पिन इन्सुलेटर’ भाँचिँदा नजिकैको फलामको पोलमा सर्ट भयो। सोही पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह हुँदा बालिकाहरूले त्यही पानीमा टेक्दा करेन्ट लाग्यो। बेहोस भएका दुवै बालिकालाई तुरुन्तै हेटौँडा अस्पताल पुर्‍याइएको थियो, जहाँ उपचारकै क्रममा चिकित्सकले उनीहरूलाई मृत घोषित गरेका हुन्।


प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।


  • Jigyasa media

थप