Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

माल्दिभ्स पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक व्यक्ति पक्राउ

  •   २ वर्ष अघि | ७ असोज २०८१, सोमवार

काठमाडौं – आकर्षक तलबको प्रलोभनमा माल्दिभ्स पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा बर्दिया बढैयाताल गाउँपालिका-१ निवासी, हाल काठमाडौं टोखा नगरपालिका-३ बसोबास गर्दै आएका ४३ वर्षीय नरेन्द्र कुमार वलीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

वलीले एक व्यक्तिलाई माल्दिभ्समा जागिर लगाइदिन्छु भन्दै ५ लाख रुपैयाँ ठगी गरेका थिए। पीडितले सम्पर्कबिहीन भएपछि उजुरी दिएका थिए। उक्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले वलीलाई टोखा नगरपालिका-३ बाट पक्राउ गरेको हो।

पक्राउ परेका वलीलाई वैदेशिक रोजगार सम्बन्धी आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा पठाइएको छ।


  • Jigyasa media

थप