Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

अमेरिकामा हराइरहेकी काभ्रे पनौतीकी ममता काफ्ले भट्टको अज्ञात अवस्था सार्वजनिक गर्न प्रवासी नेपालीहरूको प्रदर्शन

  •   २ वर्ष अघि | ६ भदौ २०८१, बिहिबार

काठमाडौं । अमेरिकाको भर्जिनिया, मनासस शहरबाट हराइरहेकी नेपालकी चेली ममता काफ्ले भट्टको अज्ञात अवस्था शंकास्पद भएको आशंका गर्दै प्रवासी नेपालीहरूले प्रदर्शन गरेका छन्। तीन हप्ता दिनदेखि बेपत्ता रहेकी र परिवारको सम्पर्कमा नरहेकी ममताको उनी बस्ने घर नजिकै केही हुन सक्ने घटनाको विशेष क्लु फेला परेको भन्दै प्रहरीले घर शिल गरेको थियो । क्लू लाई प्रहरीले फोरेन्सिक टेष्ट गर्न पठाएको बताएको छ । प्रवासीहरुले  सत्य तथ्य पत्ता लगाउन घरमा घेरा हालेर दबाब दिएका छन् ।


माताको बुवा आफ्नो छोरी सम्पर्कमा नआए पछि खोजी गरिदिन आग्रह गर्दै र  तस्बिरमा ममता

ममता काफ्ले भट्ट, जसको माईती घर पनौतीमा वडा नम्बर ६ मा रहेको छ, आफ्नी छोरी एकाएक आफ्नो सम्पर्कमा नआएको भन्दै परिवारले खोजिदिन आग्रह गरेको थियो ।  हराएको खबरपछि उनका आमाबुवाले नेपाल तथा विदेशमा छोरीको खोजी गरिदिन अनुरोध गरेका थिए। तर, लामो खोजीपछि ममताको अवस्था बारे अमेरिकी प्रहरीले विशेष सूचना पत्ता लगाएको भए पनि अहिले नै यो भएको भनेर सार्वजनिक गरिएको छैन उनीहरूका अनुसार घटना बारे थप अनुसन्धान गरिरहेका छौं । छिट्टै केही तथ्य सार्वजनिक गर्नेछौं । 


उनको शंकास्पद अज्ञात घटनामा उनको पतिलाई संलग्न भएको आशंका गर्दै प्रवासी नेपालीहरूले उनको घर घेरेका छन्। उनीहरूले घटनाको विस्तृत अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। अमेरिकी प्रहरीले घटनाको अनुसन्धान जारी राखेको र विशेष स्रोतको पूरा परीक्षणको प्रतिवेदनपछि मात्रै थप जानकारी बाहिर आउने बताइन्छ ।

  • Jigyasa media

थप