Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

ज्यान मार्ने उद्योग मुद्दामा पूर्व मन्त्री दीपक मनाङे पक्राउ

  •   २ वर्ष अघि | २७ कार्तिक २०८१, मङ्लबार

काठमाडौं, कात्तिक २७ – गण्डकी प्रदेशका पूर्व मन्त्री तथा चर्चित सांसद दीपक मनाङे (राजीव गुरुङ) पक्राउ परेका छन्। उनलाई प्रहरीले काठमाडौंको सानो भर्‍याङबाट नियन्त्रणमा लिएको हो।

काठमाडौं जिल्ला अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै पाँच वर्षको कैद सजाय सुनाएको थियो। सन् २००४ मा प्रतिद्वन्द्वी गुन्डा चक्रे मिलनमाथि खुँडाले आक्रमण गरेको आरोपमा उनीमाथि यो मुद्दा चलाइएको थियो। मनाङेले दुई वर्षको जेल सजाय कटाइसकेका थिए तर पछि पाटन उच्च अदालतले उनको सजाय थप गरी पाँच वर्षको कैद सुनाएको थियो।

पूर्व मन्त्रीको रूपमा उनको गिरफ्तारी राजनीतिक रूपमा पनि महत्वपूर्ण रहेको छ। मनाङे दोषी ठहरिएकाले उनको प्रदेशसभा सदस्य पद गुम्ने संभावना पनि छ, किनकि नेपालको कानुनअनुसार ज्यान मार्ने उद्योगजस्ता गम्भीर अपराधमा सजाय पाएका व्यक्तिहरू सांसद पदमा बस्न अयोग्य ठहरिन्छन्।

प्रहरीले उनलाई पक्राउ गरेपछि थप अनुसन्धान अगाडि बढाइरहेको छ।


  • Jigyasa media

थप