Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

नारायणगढ-मुग्लिङ्ग सडक खण्डमा त्रिशूली नदीमा हराइरहेका बस र यात्रुको खोजी जारी

  •   २ वर्ष अघि | ८ साउन २०८१, मङ्लबार

चितवन, साउन ८ – नारायणगढ-मुग्लिङ्ग सडक खण्डको सिमलतालमा गेग्य्रान बहावले बगाएको बस र हराइरहेका यात्रुको ११ दिनदेखि जारी खोजी कार्य आज पनि पुनः सुरु भएको छ। 


जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार नेपाली गोताखोर र भारतको राष्ट्रिय आपदा मोचन बल (NDRF) का प्राविधिकहरुसहितको संयुक्त टोलीले आज बिहान ८:३० बजेबाट सिमलतालदेखि घुमाउने-केराबारीसम्म खोजी कार्य गर्ने योजना बनाएको छ। 


प्राविधिक टोलीले सिमलताल क्षेत्रलाई केही शंकास्पद देखिएकाले उक्त स्थानमा दोहोर्याएर खोजी गरिने बताएको छ। यो क्षेत्रमा गेग्य्रान बहावले बस बगाएको ठहर गरिएको र हराइरहेका यात्रुहरूको अवस्थालाई ध्यानमा राख्दै खोजी कार्यलाई तीव्रता दिइएको हो। 


चितवन जिल्ला प्रशासन कार्यालयले यो खोजी कार्यमा निरन्तरता दिने प्रतिबद्धता जनाउँदै परिवारजन तथा आफन्तलाई धैर्य र संयमित रहन अनुरोध गरेको छ। 


खोजी कार्यमा संलग्न NDRF का प्राविधिक र नेपाली गोताखोरहरूको टोलीले हराइरहेका व्यक्तिहरूको शीघ्र उद्धारको लागि सम्पूर्ण प्रयास गरिरहेको छ। 


जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार खोजी कार्यमा कुनै प्रकारको कमी नराख्न सम्पूर्ण स्रोत र साधनको प्रयोग गरिएको छ।

  • Jigyasa media

थप