Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

देशभरको मौसममा पश्चिमी र स्थानीय वायुको प्रभाव

  •   २ वर्ष अघि | १५ कार्तिक २०८१, बिहिबार

काठमाडौं — देशभर पश्चिमी वायुको साथै पहाडी क्षेत्रमा स्थानीय वायुको आंशिक प्रभावले मौसममा केही परिवर्तन देखिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बादल लाग्ने अनुमान गरिएको छ भने अन्य स्थानहरूमा मौसम मुख्यतया सफा रहनेछ।

आज दिउँसोको लागि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ। ती प्रदेशका केही पहाडी क्षेत्रहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति पनि मौसमको यो अवस्था जारी रहनेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै, ती क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमानअनुसार, आगामी दिनमा पनि पश्चिमी वायु र स्थानीय वायुको असरले मौसममा थप परिवर्तनहरू देखिन सक्छ।


  • Jigyasa media

थप