Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

मनकामना केबलकार पुनः सञ्चालनमा, अब डिजिटल प्रविधिमा

  •   २ वर्ष अघि | १ असोज २०८१, मङ्लबार

मुग्लिन: मनकामना केबलकार सेवा आजदेखि पुनः नियमित रूपमा सञ्चालनमा आउने भएको छ। नेपालकै पहिलो केबलकार प्रणालीलाई स्तरोन्नति गरी डिजिटल प्रविधिमा सञ्चालन गर्नका लागि आवश्यक कार्य सम्पन्न भएको छ।

गत असार ३१ गतेदेखि स्तरोन्नति र मुख्य तारको लट्ठा परिवर्तन गर्नका लागि केबलकार सेवा बन्द गरिएको थियो। २६ वर्षदेखि एनालग प्रविधिमा सञ्चालन हुँदै आएको मनकामना केबलकार अब आधुनिक डिजिटल प्रणालीमा रूपान्तरण गरिएको हो। मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार अष्ट्रियाको डोप्पलमेयर कम्पनीका प्राविधिकहरूको सुपरिवेक्षणमा यो कार्य सम्पन्न भएको हो।

मनकामना मन्दिर, जो गोरखाको सहिद लखन गाउँपालिकामा अवस्थित छ, नेपालभरका धार्मिक पर्यटकहरूको प्रमुख गन्तव्य हो। दर्शनार्थीहरूलाई सहजता प्रदान गर्न विसं २०५५ मंसिर ८ गतेदेखि चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेसस्थित ‘बटम स्टेसन’बाट केबलकार सेवा सञ्चालनमा ल्याइएको थियो।

नयाँ डिजिटल प्रणालीले यात्रुहरूको अनुभव अझ सुरक्षित र सहज बनाउने विश्वास गरिएको छ।


  • Jigyasa media

थप