Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

मोरङमा चट्याङ लागेर बालकको मृत्यु, बालिका घाइते

  •   २ वर्ष अघि | २३ भदौ २०८१, आइतवार

मोरङ, भदौ २३ - मोरङको सुनवर्षी नगरपालिकामा आइतबार दिउँसो चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सुनवर्षी नगरपालिका–९ मुस्लिम टोलका ११ वर्षीय सोफियन आलम मियाँको चट्याङ लागेर मृत्यु भएको हो।

चट्याङका कारण ८ वर्षीया नजारा खातुन घाइते भएकी छन्। उनी राजाबुल आलमकी छोरी हुन्। घटना त्यतिबेला भएको हो जब बालबालिका घरपछाडि रहेको कटहरको रुखमुनि खेलिरहेका थिए। दिउँसो करिब २ बजे चट्याङ पर्दा बालबालिका बेहोस भएका थिए। सोफियनलाई तत्काल उद्धार गरी रंगेली अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा २:४५ बजे मृत्यु भएको थियो।

घाइते नजारा खातुनको रंगेली अस्पतालमै उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

  • Jigyasa media

थप