Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

काभ्रेमा बसको ठक्करले महिलाको मृत्यु, हराएकी बालिका मृत अवस्थामा फेला

  •   २ वर्ष अघि | १४ भदौ २०८१, शुक्रबार

काभ्रेपलाञ्चोक । काभ्रे जिल्लाको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बिहीबार साँझ भएको बस दुर्घटनामा एक पैदलयात्री महिलाको मृत्यु भएको छ। काठमाडौँबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी एक महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, धुलिखेल अस्पतालमा उपचारका क्रममा ती महिलाको मृत्यु भएको हो। 

प्रहरीले ठक्कर दिने बसका चालक, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ निवासी ५१ वर्षीय रामबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। मृतक महिलाको पहिचान भने खुल्न सकेको छैन।

यसैबीच, नमोबुद्ध नगरपालिका–६ की १३ वर्षीया बालिका खुसी न्यौपाने बिहीबार अपराह्नदेखि हराएकी थिइन्। खोजीकार्यका क्रममा प्रहरीद्वारा दाप्चा खोलाको दहमा बालिकाको शव फेला परेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • Jigyasa media

थप