Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

पूर्वमन्त्री अधिकारीमाथि मानव तस्करीको आरोप खारेज, बाँकी ११ जनामाथि मुद्दा

  •   २ वर्ष अघि | १० मंसिर २०८१, सोमवार

विराटनगर – मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णय भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध पर्याप्त प्रमाण नभेटिएको भन्दै मुद्दा दर्ता नगर्ने निर्णय गरेको हो। तर, सोही मुद्दामा संलग्न भनिएका अन्य ११ जनाविरुद्ध भने काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

सरकारी वकिल कार्यालयले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई, र योगराज गौतमविरुद्ध मुद्दा चलाएको छ। तीमध्ये तीन जना फरार रहेका छन्।

घटना विवरण

गत कात्तिक २५ गते विराटनगरबाट पक्राउ परेका अधिकारीमाथि जापान भ्रमणको बहानामा मानव तस्करी गरेको आरोप लागेको थियो। अधिकारीले ‘कल्चर एट होट’ नामक सांस्कृतिक कार्यक्रममा भाग लिन जापान गएका बेला तीन नेपालीलाई नक्कली कागजातको भरमा जापान प्रवेश गराएको भनिएको थियो। तीमध्ये दुईजनासँग कोशी प्रदेशको कर्मचारी परिचयपत्र र एकजनासँग वडा सदस्यको नक्कली परिचयपत्र फेला परेको थियो।

जापान पुगेपछि ती तीन जनालाई त्यहाँको अध्यागमनले फिर्ता गरेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरूलाई पक्राउ गरिएको थियो। अनुसन्धानपछि उनीहरूलाई मानव तस्करीमा संलग्न गिरोहका सदस्यका रूपमा चिनाइएको थियो।

पूर्वमन्त्रीको बचाउ

पूर्वमन्त्री अधिकारीले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै तीन जनालाई हङकङमा भेटेको र नेपाल प्रहरीलाई बुझाएको दाबी गरेका थिए। घटनामा आफूलाई प्रयोग गरिएको र मानव तस्करीबारे थाहा पाएपछि कार्यक्रममा सहभागी नै नभइ नेपाल फर्किएको अधिकारीको भनाइ थियो।

बाँकी आरोपितमाथि मुद्दा अघि बढ्ने

सरकारी वकिल कार्यालयका अनुसार आरोपितहरूमध्ये कञ्चन देवकोटा, दावा शेर्पा, र जनक राईले नक्कली परिचयपत्रको प्रयोग गरी जापान प्रवेश गरेको पाइएपछि उनीहरूलाई संगठित गिरोहसँग जोडिएको ठहर गरी मुद्दा अघि बढाइएको छ।

यो मुद्दाले कोशी प्रदेश सरकार र राजनीतिक वृत्तमा ठूलो प्रभाव पार्दै आएको छ। घटनाको पूर्ण सत्यतथ्य उजागर गर्न र दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन व्यापक चासो देखिएको छ।


  • Jigyasa media

थप