Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

नागार्जुनमा गाडी दुर्घटना : एकको मृत्यु, दुई घाइते

  •   २ वर्ष अघि | १७ चैत्र २०८१, आइतवार

काठमाडौं, चैत १७ – काठमाडौंको नागार्जुनमा शनिबार राति भएको गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

नागार्जुन नगरपालिका–८, ठुलो खोला नजिक धादिङबाट काठमाडौं आउँदै गरेको प्र ३-०१-०२४ च ८३२२ नम्बरको टाटा योद्धा गाडी दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा परी गोरखा भीमेश्वर गाउँपालिका–४ का ५० वर्षीय गोकुल पाण्डे गम्भीर घाइते भएका थिए। उनलाई तत्काल स्वयम्भूस्थित मनमोहन अस्पताल पुर्याइएको भए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।

घटनामा गाडी चालक जमालुदिन मिया (४१) र रामजी भट्ट (४३), दुवै भीमेश्वर–४ का बासिन्दा, घाइते भएका छन्। उनीहरूलाई थप उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान जारी राखेको जनाएको छ।


  • Jigyasa media

थप