Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

डोटीमा बोलेरो जीप २५० मिटर तल खस्दा तीनजनाको मृत्यु, पाँचजना गम्भीर घाइते

  •   ११ महिना अघि | ६ असार २०८२, शुक्रबार

डोटी, असार ६ । डोटीको आदर्श गाउँपालिकामा शुक्रबार दिउँसो एक बोलेरो जीप दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ भने पाँचजना गम्भीर घाइते भएका छन्।

दिउँसो करिब १:४० बजे आदर्श गाउँपालिका–१, खिराधारा धौलामाटीस्थित दिपायल–सायल सडकखण्डमा सुप्र प्र ०१००१ ज १३९५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट २५० मिटर तल खस्दा दुर्घटना भएको हो।

ज्यान गुमाउनेमा चालकसहित दुई महिला, एक गर्भवती

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार, दुर्घटनामा परेर सायल गाउँपालिका–४, सुण्डकी ४१ वर्षीया देवी विक, जीप चालक आदर्श गाउँपालिका–७, दडिमानाका २७ वर्षीय सुरेश कार्की र सायल गाउँपालिका–६, कटुवाल गाउँकी ३५ वर्षीया काली कटुवालको मृत्यु भएको हो।

देवी विक र चालक सुरेश कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने गर्भवती रहेको खुलेकी काली कटुवालको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा साँझ ४:१२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

पाँचजना घाइते, चारको अवस्था गम्भीर घाइते हुनेहरूमा:

१४ वर्षीया अनिता विक

१६ वर्षीया स्यानु विक

२२ वर्षीय कैलाश विष्ट

१४ वर्षीय दीपक विष्ट

१० वर्षीया साविता कटुवाल (मृतक काली कटुवालकी छोरी)

प्रहरीका अनुसार, चारजनाको अवस्था गम्भीर रहेको छ भने एकजनाको अवस्था मध्यम छ। सबै घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।

घुम्तीमा अनियन्त्रित जीप दुर्घटना, अनुसन्धान जारी

दुर्घटनाबारे प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, दिपायलबाट मौवातर्फ गइरहेको जीप सडकको घुम्तीमा अनियन्त्रित भएर खसेको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए।

दुर्घटनाग्रस्त क्षेत्रमा लगातारको वर्षा, साँघुरा घुम्ती र कमजोर सडक सुरक्षाले गर्दा यस्ता घटना बढ्दै गएका छन्।

स्थानिय तह, यातायात व्यवसायी र सम्बन्धित निकायले समयमै पूर्वसावधानी नअपनाउँदा जनधनको क्षति भइरहेको भन्दै सचेत रहन सरोकारवालाहरूले आग्रह गरेका छन्।

  • Jigyasanepal

थप